Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • पाहुना आएका एक युवकको हत्या

    पाहुना आएका एक युवकको हत्या

    अनलाइन नेपाल
  • बिहिबार, ६ असार २०८१
  • 573
    SHARES

    फाइल तस्विर

    मोरङ । विराटनगरमा पाहुना आएका एक युवकको हत्या भएको छ ।

    सुनसरीको दुहवी नगरपालिका–१२ का २३ वर्षीय अक्लेशकुमार यादवको हत्या भएको हो ।



    अक्लेश विराटनगर महानगरपालिका–४ इक्राहीस्थित रामलोचन यादवको घरमा पाहुना आएका थिए ।



    रामलोचन अक्लेशका ठुलोबुवा हुन् । ठुलीआमाकी छोरीको बिहेमा आएका बेला अक्लेशको हत्या भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    विराटनगर–४ का २४ वर्षीय गणेश यादवले चक्कु प्रहार गरेर अक्लेशको हत्या गरेका थिए ।

    बिहेको कार्यक्रम सकिएपछि गणेश र अक्लेशबीच सामान्य विवाद भएको खुलेको छ ।

    उनीहरुबीच के विषयमा विवाद भएको थियो भनेर यकिन भइसकेको छैन । विवादपछि अक्लेश मोटरसाइकल चढेर आफ्नो घरतर्फ जान खोज्दै थिए ।

    घर जाने तयारीमा रहेका अक्लेशलाई बुधबार राति १० बजेतिर गणेशले चक्कु प्रहार गरेका थिए ।

    विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा आज अक्लेशको मृत्यु भएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न गणेश फरार रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार