Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • वाग्मती प्रदेशसभा : बजेटमाथि छलफल सुरु हुँदै

    वाग्मती प्रदेशसभा : बजेटमाथि छलफल सुरु हुँदै

    अनलाइन नेपाल
  • बिहिबार, ६ असार २०८१
  • 411
    SHARES

    मकवानपुर । वाग्मती प्रदेशसभाको बिहीबार बिहान ११ बजे बस्ने बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजित बजेटमाथि छलफल सुरु हुने भएको छ ।

    प्रदेशसभा सचिवालयका अनुसार बैठकमा प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले गत असार १ गते प्रस्तुत गरेको प्रदेश सरकारको आव २०८१/०८२ को बजेट वक्तव्यको प्रतीक र विभिन्न मन्त्रालयको बजेट शीर्षकमा छलफल सुरु हुनेछ ।



    असार ८ गतेभित्रै बजेट पारित गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।



    असार १ गते बजेटको प्रस्तुतीकरण सकिएपछि प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले असार ६ गतेसम्मका लागि बैठक स्थगित गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार