Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • बिवाईडी गाडी आयातमा करोडौं कर छली, राजश्व अनुसन्धानको छापा

    बिवाईडी गाडी आयातमा करोडौं कर छली, राजश्व अनुसन्धानको छापा

    अनलाइन नेपाल
  • बिहिबार, ६ असार २०८१
  • 1.4K
    SHARES

    काठमाडौं । नेपालमा बिवाईडी गाडी आयात गर्ने साइमेक्स इंक कम्पनीमा राजश्व अनुसन्धान विभागले छापा हानेको छ ।

    प्रारम्भिक छानविनमा करोडौंको राजश्व छली गरेको भेटिएपछि बुधबार कम्पनीमै छापा हानेर कागजपत्र बरामद गरिएको विभागले जनाएको छ ।



    कागजपत्र बरामद गरी थप अनुसन्धान भइरहेको विभागका महानिर्देशक चक्रबहादुर बुढाले बताएका छन् । चिनियाँ इभी गाडीको आयात र बिक्रि गर्दै आएको सो कम्पनी पहिलेदेखि नै विवादमा छ । यसअघि भन्सार विभागले राजश्व छलीमा उसलाई जरिवाना तिराइसकेको छ ।



    उच्च क्षमताको गाडीलाई भन्सारमा ढाँटेर कम क्षमताको भन्दै भन्सार छली भएको हो । यसरी एउटै गाडीबाट साइमेक्सले १० लाख रुपैयाँसम्म नाफा खाँदै आएको थियो ।

    १५० किलोवाट क्षमताको गाडी आयात गर्दा एक सय किलोवाटको भनेर झुक्याएर आयात हुँदै आएको छ । राजश्व अनुसन्धानको छानविन रोक्न बुधबारदेखि नै बिचौलियाहरु सक्रिय भइसकेका छन् ।

    एक व्यक्तिले विभागका महानिर्देशक बुढालाई भेटेर सहयोग गरिदिन आग्रह गरेको विभाग स्रोत बताउँछ । सो कम्पनीले आयकर समेत छली गरेको आशंका गरिएको विभागका एक अधिकारीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार