Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बिवाईडी गाडी आयातमा करोडौं कर छली, राजश्व अनुसन्धानको छापा

काठमाडौं । नेपालमा बिवाईडी गाडी आयात गर्ने साइमेक्स इंक कम्पनीमा राजश्व अनुसन्धान विभागले छापा हानेको छ ।

प्रारम्भिक छानविनमा करोडौंको राजश्व छली गरेको भेटिएपछि बुधबार कम्पनीमै छापा हानेर कागजपत्र बरामद गरिएको विभागले जनाएको छ ।

कागजपत्र बरामद गरी थप अनुसन्धान भइरहेको विभागका महानिर्देशक चक्रबहादुर बुढाले बताएका छन् । चिनियाँ इभी गाडीको आयात र बिक्रि गर्दै आएको सो कम्पनी पहिलेदेखि नै विवादमा छ । यसअघि भन्सार विभागले राजश्व छलीमा उसलाई जरिवाना तिराइसकेको छ ।

उच्च क्षमताको गाडीलाई भन्सारमा ढाँटेर कम क्षमताको भन्दै भन्सार छली भएको हो । यसरी एउटै गाडीबाट साइमेक्सले १० लाख रुपैयाँसम्म नाफा खाँदै आएको थियो ।

१५० किलोवाट क्षमताको गाडी आयात गर्दा एक सय किलोवाटको भनेर झुक्याएर आयात हुँदै आएको छ । राजश्व अनुसन्धानको छानविन रोक्न बुधबारदेखि नै बिचौलियाहरु सक्रिय भइसकेका छन् ।

एक व्यक्तिले विभागका महानिर्देशक बुढालाई भेटेर सहयोग गरिदिन आग्रह गरेको विभाग स्रोत बताउँछ । सो कम्पनीले आयकर समेत छली गरेको आशंका गरिएको विभागका एक अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077