Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • रामाफोसाद्वारा दक्षिण अफ्रिकाको राष्ट्रपतिको सपथ ग्रहण

    रामाफोसाद्वारा दक्षिण अफ्रिकाको राष्ट्रपतिको सपथ ग्रहण

    अनलाइन नेपाल
  • बुधबार, ५ असार २०८१
  • 687
    SHARES

    जोहानेसबर्ग । दक्षिण अफ्रिकाको सत्तारूढ अफ्रिकी राष्ट्रिय कांग्रेस (एएनसी) का नेता सिरिल रामाफोसाले बुधबार प्रशासनिक राजधानी प्रिटोरियामा आयोजित समारोहमा आगामी पाँच वर्षका लागि मुलुकको राष्ट्रपति पदको सपथ लिएका छन् ।

    “गणतन्त्रको राष्ट्रपतिको हैसियतमा स्वतन्त्रताको नयाँ दशकमा प्रवेश गर्दा हाम्रो मुलुकले सामना गरिरहेका चुनौतीको समाधान खोज्न योगदान गर्न इच्छुक हरेक राजनीतिक दल र क्षेत्रसँग पुग्न र काम गर्न म सबैसँग काम गर्नेछु”, रामाफोसाले सपथ ग्रहण समारोहमा आफ्नो सम्बोधनमा भने ।



    जुन १४ मा संसद्को तल्लो सदन नेसनल एसेम्बलीमा दुई सय ८३ मत प्राप्त गरेर ७१ वर्षीय रामाफोसा दक्षिण अफ्रिकाको राष्ट्रपतिका रूपमा पुनः निर्वाचित भए । उनका प्रतिद्वन्द्वी इकोनमिक फ्रिडम फाइटरका जुलियस मालेमालाई ४४ मत प्राप्त भयो ।



    दक्षिण अफ्रिकाको संविधानबमोजिम नेसनल एसेम्बलीबाट चयन भएको पाँच दिनभित्र निर्वाचित राष्ट्रपतिले पदभार ग्रहण गर्नुपर्छ ।

    मे २९ मा भएको आम निर्वाचनमा एएनसीले नेसनल एसेम्बलीको चार सय सिटमा एक सय ५९ सिट हासिल गर्यो । यो सङ्ख्या संसद्को तल्लो सदनमा आफ्नो ३० वर्ष पुरानो स्पष्ट बहुमत कायम राख्नका लागि आवश्यक ५० प्रतिशतभन्दा कम थियो ।

    एएनसी, डेमोक्रेटिक अलायन्स, इन्कथा फ्रिडम पार्टी, गुड एन्ड पेट्रिओटिक अलायन्ससहित कूल पाँच राजनीतिक दलले आधिारिकरूपमा राष्ट्रिय एकताको सरकारमा सहभागी हुने उद्देश्यले एक विज्ञप्तिमा हस्ताक्षर गरेको एएनसीले सोमबार घोषणा गरेको थियो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार