Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • स्वास्थ्य क्षेत्रमा जनतालाई महशुस हुनेगरी काम भइरहेको छ : स्वास्थ्यमन्त्री यादव

    स्वास्थ्य क्षेत्रमा जनतालाई महशुस हुनेगरी काम भइरहेको छ : स्वास्थ्यमन्त्री यादव

    अनलाइन नेपाल
  • बुधबार, ५ असार २०८१
  • 930
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्यको क्षेत्रमा जनतालाई महशुस हुनेगरी काम भइरहेको बताएका छन् ।

    प्रतिनिधिसभाको दोस्रो बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजन शीर्षकको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै स्वास्थ्यमन्त्री यादवले यस्तो बताएका हुन् ।



    स्वास्थ्यमन्त्री यादवले स्वास्थ्यसम्बन्धी हक कार्यान्वयनमा सरकार प्रतिवद्ध रहेको बताए। मन्त्री यादवले भौतिक पूर्वाधारमा केही कामहरू भएपनि पर्याप्त नभएकाले यो वर्षदेखि तीव्रताको साथ अगाडि बढ्ने प्रतिवद्धता जनाए।



    स्वास्थ्यमन्त्री यादवले जटिल रोगको उपचार र सरकारी अस्पतालहरूमा विशेषज्ञ उपचारका लागि मन्त्रालय नयाँ जोशका साथ अगाडि बढिरहेको बताए।

    स्वास्थ्य सुधारका लागि स्पष्ट दृष्टिकोण चाहिने बताउँदै स्वास्थ्यमन्त्री यादवले मन्त्रालयले स्पष्ट दृष्टिकोणसहित सुधारको नीति बनाएर काम गर्ने प्रतिवद्धता जनाए।

    उनले आधारभूत सेवा र विशिष्टकृत सेवालाई सवल बनाउन मन्त्रालय दत्तचित्त भएर काम गरिरहेको बताए। स्वास्थ्यमन्त्री यादवलेले स्वास्थ्य क्षेत्रमा जनताले महशुस हुनेगरी काम भइरहेको दावी गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार