Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • भारतमा बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो

    भारतमा बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो

    अनलाइन नेपाल
  • बुधबार, ५ असार २०८१
  • 522
    SHARES

    फाइल तस्विर

    एजेन्सी । भारतको उत्तरपूर्वी राज्य आसाममा बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ।

    मङ्गलबार राति आसामको मुख्य सहर गुवाहाटीबाट करिब २८१ किलोमिटर दक्षिणपूर्वमा रहेको करिमगञ्ज जिल्लाको बदरपुर क्षेत्रमा वर्षापछि आएको पहिरोमा परी एक नाबालकसहित पाँच जनाको मृत्यु भएको हो ।



    पीडित महिला र उनका तीन छोरीको पहिचान गरिएको छ । भग्नावशेषबाट तीन वर्षीय बालकको शव पनि निकालिएको छ ।



    असम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एएसडिएमए) ले बाढीका कारण १५ जिल्लाका एक लाख ६१ हजार २०९ व्यक्ति प्रभावित भएको जनाएको छ ।

    सबैभन्दा बढी प्रभावित जिल्ला करिमगञ्जमा एक लाख ५२ हजार १३३ जना मानिस बाढीले प्रभावित भएका छन् ।

    बाढीले प्रभावित जिल्लाहरूको एक हजार ३७८.६४ हेक्टर बाली उत्पादन क्षेत्रलाई पनि असर पारेको छ । हाल ४७० गाउँ पानीमा डुबेका एएसडिएमएले जनाएको छ ।

    स्थानीय सरकारले प्रभावित क्षेत्रमा ४३ वटा राहत शिविर र वितरण केन्द्र खोलेको छ जसमध्ये अधिकांश करिमगञ्जमा स्थापना गरिएको छ ।

    अधिकारीले राहत शिविरमा पाँच हजार ११४ जनालाई शरण दिँदै राहत कार्य जारी रहेको बताए ।

    तटबन्ध, सडक र पुलहरू लगायत पूर्वाधारमा भएको क्षतिको परिमाणले प्रभावित जनसङ्ख्यालाई सहायता प्रदान गर्न कठिनाइहरू बढाएको उनीहरूले बताए ।

    गत महिना पश्चिम बङ्गाल र बङ्गलादेशको तटमा आएको चक्रवात रेमलपछि भारी वर्षाले गर्दा आसाम र मणिपुर राज्यमा क्षति पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार