Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • संसद् भवनमा प्रहरी जवानको आत्महत्याबारे छानबिन गर्न सांसदहरूको माग

    संसद् भवनमा प्रहरी जवानको आत्महत्याबारे छानबिन गर्न सांसदहरूको माग

    अनलाइन नेपाल
  • बुधबार, ५ असार २०८१
  • 741
    SHARES

    काठमाडौं । संघीय संसद् भवनभित्र गोली लागेर मृत भेटिएका प्रहरी जवानको घटनामा सत्यतथ्य छानबिन गर्न सांसदहरुले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद रेखा यादव र रोशन कार्कीले गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षण गराएका हुन् ।



    दोलखाको मेलुङ गाउँपालिका–४ घर भएका प्रहरी जवान २२ वर्षीय अजित गोले बुधबार बिहान संसद भवनको पश्चिमतर्फको २ नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा मृत भेटिएका थिए ।



    गोले संसद् भवनको बाँयापट्टि रहेको शौचालयमा मृत भेटिएका हुन् । उनले आफैंले बोकेको राईफलले निधारमा फायर गरेका थिए ।

    सांसद यादवले प्रहरी जवानले आफैँमाथि गोली हानेर आत्महत्या गर्ने अवस्था आउनु दु:खद भएको बताइन् ।

    सपना बोकेर देशको रक्षा गर्छु भन्ने बचनवद्ध भएका सुरक्षाकर्मीले आफैँमाथि गोली हानेर हत्या गरे भन्ने कुरामा अनुसन्धान गर्नुपर्ने सांसद यादवले बताईन् ।

    यस्तै राप्रपा सांसद रोशन कार्कीले संसद भवनको गेटमा खटिएका गोलेले आफ्नो जिवन समाप्त गरेको भन्दै दुख पोखिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार