Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • प्रहरी जवान आत्महत्या प्रकरण

    प्रेमिकाले वास्ता गर्न छाडेपछि अजितले आफैंलाई हाने गोली

    प्रेमिकाले वास्ता गर्न छाडेपछि अजितले आफैंलाई हाने गोली

    अनलाइन नेपाल
  • बुधबार, ५ असार २०८१
  • 1.2K
    SHARES

    काठमाडौं । संघीय संसद् भवनभित्र गोली लागेर मृत भेटिएका प्रहरी जवानले एक युवतीका कारण आत्महत्या गरेको खुलेको छ ।

    प्रहरी जवान अजित गोलेले प्रेमिकासँगको सम्बन्धमा दरार आएपछि आफैंलाई गोली प्रहार गरेको खुलेको हो।



    गोलेले आफैंलाई गोली प्रहार गर्नुको कारण प्रेमिकासँगको खटपट रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।



    नेपाल प्रहरीको केन्द्रीय विशेष कार्यदलमा दरबन्दी भई संघीय संसद् सुरक्षा वेशमा कार्यरत गोलेको एक युवतीसँग पाँच महिनाअघि इन्गेजमेन्ट भएको थियो ।

    इन्गेजमेन्टपछि गोलेले खर्च गरेर आफ्नी प्रेमिकालाई दुबई पठाएका थिए । करिब ५ महिनादेखि प्रेमिकाले गोलेलाई वास्ता गर्न छाडेपछि आत्महत्या गरेको हुनसक्ने प्रहरी स्रोतले बतायो ।

    आज पनि आत्महत्या गर्नुअघि गोलेले ‘मर्छु’ भन्दै म्यासेज गरेको र त्यसपछि भिडिओ कल गरेको अनुसन्धानबाट खुलेको छ । गोलेले आफैंले बोकेको इन्सास बन्दुकबाट १ राउण्ड गोली हानेको पाइएको छ ।

    दोलखाको मेलुङ गाउँपालिका–४ घर भएका प्रहरी जवान २२ वर्षीय अजित गोले बुधबार बिहान संसद भवनको पश्चिमतर्फको २ नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा मृत भेटिएका थिए ।

    गोले संसद् भवनको बाँयापट्टि रहेको शौचालयमा मृत भेटिएका हुन् । उनले आफैंले बोकेको राईफलले निधारमा फायर गरेका थिए । घटनास्थल मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार