Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • रूसले उत्तर कोरियाको समर्थनको कदर गर्छ : राष्ट्रपति पुटिन

    रूसले उत्तर कोरियाको समर्थनको कदर गर्छ : राष्ट्रपति पुटिन

    अनलाइन नेपाल
  • बुधबार, ५ असार २०८१
  • 414
    SHARES

    एजेन्सी । उत्तर कोरियाको भ्रमणमा रहेका रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले समकक्षी नेता किम जोङ उनसँग भेटवार्ता गरेका छन् ।

    पुटिनले युक्रेन युद्धलगायतका रूसी नीतिहरूमा उत्तर कोरियाले जनाएको समर्थनको कदर गर्दै यसका लागि उत्तर कोरिया, त्यहाँका जनता र सरकारप्रति धन्यवाद ज्ञापन गरेका हुन् ।



    उत्तर कोरियाली नेतासँगको बैठकमा पुटिनले भने,’युक्रेनी मुद्दासहित रूसी नीतिमा यहाँको व्यवस्थित र स्थायी समर्थनको हामी निकै कदर गर्छौं ।’



    प्योङयाङमा आयोजित समारोहपछि पुटिनले ’समानता र पारस्परिक चासोको सम्मानको सिद्धान्तमा आधारित’ द्विपक्षीय सहयोगको घोषणा गरे।

    रूस र उत्तर कोरिया धेरै दशकदेखि बलियो मित्रता र घनिष्ठ छिमेकी सम्बन्धमा बाँधिएको उनको भनाई छ ।

    दुई देशका नेताहरूको बढ्दो घनिष्ठ सम्बन्धले सियोल र वासिङ्टनका लागि चिन्ता उत्पन्न गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार