Online Nepal
  • बुधबार, १० पुष २०८१
  • प्रहरीले नागरिकका पक्षमा इमानदारिताका साथ काम गर्नुपर्छ : गृहमन्त्री लामिछाने

    प्रहरीले नागरिकका पक्षमा इमानदारिताका साथ काम गर्नुपर्छ : गृहमन्त्री लामिछाने

    अनलाइन नेपाल
  • बुधबार, ५ असार २०८१
  • 546
    SHARES

    काठमाडौं । गृहमन्त्री रवि लामिछानेले तन्दुरूस्त शरीर र स्वस्थ मानसिकताले निर्णय क्षमतामा प्रभाव पार्ने बताएका छन् ।

    नेपाल प्रहरीद्वारा आयोजित एक दिवसीय योग विज्ञान शिविर २०८१ कार्यक्रमका बोल्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।



    गृहमन्त्री लामिछानेले व्यायामले निर्णय क्षमतामा प्रभाव पार्ने हुँदा योगलाई निरन्तरता दिन सामूहिक प्रतिवद्धताको आवश्यकता रहेको बताए।



    गृहमन्त्री लामिछानेले भने,‘योग, ध्यान र अभ्यासले जसरी स्वस्थ रहन्छौं हाम्रो सोच्ने क्षमतालाई पनि त्यसले प्रभाव पार्छ । हामीले गहन जिम्मेवारी लिएका छौं, हाम्रो एकाग्रता, सोंच, चुस्तता, मानसिक र शरीरिक स्वास्थ्य देश र सामाजको लागि महत्वपूर्ण हुन्छ । स्वस्थ मानिसकताका साथ आगाडि बढ्न सक्यौं भने हाम्रो निर्णयले समाजले सुरक्षित रहेको महसुस गर्दछ ।’

    गृहमन्त्री लामिछानेले युनिफर्म लगाएको प्रहरी देखेर हरेक नागरिकले सुरक्षित महसुस गर्नुपर्ने बताए । प्रहरी शरीरिक र मानसिक हर हिसाबले चुस्त दुरूस्त हुन जरूरी रहेको गृहमन्त्री लामिछानेले बताए ।

    कानूनले दिएको अधिकारलाई सदुपयोग गर्दै नागरिकका पक्षमा इमानदारिताका साथ काम गरेमा समाज परिवर्तन हुने गृहमन्त्री लामिछानेको भनाई छ ।

    कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, अवकाश प्राप्त प्रहरी महानिरीक्षक, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लगायत पदाधिकारीहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृहमन्त्रालयका सहसचिवहरू, पतंजली योग समिति नेपालका पदाधिकारी र वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरू समेतको सहभागिता रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार