काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असार ३ देखि सुनको मूल्य स्थिर रहेको हो ।
जसअनुसार बुधबार छापावाल सुन तोलामा १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
सोही मूल्यमा सोमबार र मंगलबार पनि कायम भएकोमा आइतबार भने सुनको मूल्य तोलामा १ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै बुधबार तेजाबी सुन तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्यचाहिँ घटेको छ ।
मंगलबार तोलामा १ हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार भने घटेर तोलामा १ हजार ८०५ रुपैयाँमा कारोबार भएको हो ।
Leave a Reply