Online Nepal
  • मंगलबार, ८ असोज २०८१
  • छाउगोठमा बसेकी किशोरी बलात्कृत, अछामबाट एक जना पक्राउ

    छाउगोठमा बसेकी किशोरी बलात्कृत, अछामबाट एक जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ५ असार २०८१
  • 525
    SHARES

    फाइल तस्विर

    अछाम । छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छन् ।

    अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा छाउगोठमा बसेकी १६ वर्षीया एक किशोरी बलात्कृत भएकी हुन् ।



    मामाघरमा बसेर पढिरहेकी किशोरी सोमबार मध्यराति आफ्नै नाता पर्नेबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।



    उनी मंगलबार बिहान छाउगोठमै बेहोस् अवस्थामा भेटिएकी थिइन् । किशोरीलाई उद्दार गरेर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

    जबरजस्तीकरणी गरेको आरोपमा १७ वर्षीय एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

    घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार