Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • इमानदार कर्मचारीहरू निजामती सेवाप्रति वाक्क, ११ महिनामा ६३५ कर्मचारीले छाडे जागिर !

    इमानदार कर्मचारीहरू निजामती सेवाप्रति वाक्क, ११ महिनामा ६३५ कर्मचारीले छाडे जागिर !

    अनलाइन नेपाल
  • बुधबार, ५ असार २०८१
  • 34K
    SHARES

    काठमाडौं । विभिन्न आरोह अवरोह पार गर्दै र प्रतिस्पर्धामा अब्बल ठहरिएर निजामती सेवामा प्रवेश गरेकाहरूले अवधि नपुग्दै जागिर छोड्ने गरेका छन्।

    चालू आर्थिक वर्ष २०७९/८० को ११ महिनाको अवधिमा मात्रै ६ सय ३५ जना कर्मचारीले जागिर छोडेको पाइएको छ । उनीहरूले के कारणले जागिर छोडे भन्नेबारेमा सरकारले कुनै खोज अनुसन्धान गरेको छैन ।



    भविष्य सुन्दर बनाउने लक्ष्य लिएर निजामती क्षेत्रमा प्रवेश गरेकाहरूले पूरै अवधि जागिर नखाँदै किन बीचैमा छोडे भन्नेबारेमा सरकारी निकाय अनविज्ञ छ ।



    निजामती सेवामा प्रवेश गर्नेहरूले सचिवको ५ वर्षे कार्यकाल र मुख्य सचिवको ३ वर्षे कार्यकालबाहेकको अवस्थामा ५८ वर्षसम्म जागिर खान पाउँछन् । गत ११ महिनामा जागिर अवधि सकिएर अवकाशमा गएका कर्मचारीको संख्या भने १८ सय १२ रहेको छ ।

    तर, जागिर प्रवेश गरेको छोटो समयमा नै राजीनामा दिएर निस्कने कर्मचारीको संख्या पनि बढ्दो रहेको बताइएको छ । केन्द्रीय कर्मचारी निकाय (सीपीए) को रूपमा रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई यस विषयमा कुनै मतलव रहेको देखिँदैन । कर्मचारीको मनोवैज्ञानिक अवस्थालाई बुझ्ने कोसिस मन्त्रालयले गर्न नसकेको आरोप छ ।

    सरकार र उच्च तहले कर्मचारीको सेवा सुविधा र वृृत्ति विकासमा कुनै ध्यान नदिँदा तथा निजामती सेवा व्यवस्थित प्रणालीमा सञ्चालन हुन नसक्दा कतिपय इमानदार कर्मचारीहरू निजामती सेवाप्रति वाक्कदिक्क अवस्थामा छन् ।

    इमानदारहरू पलायन हुनुपर्ने अवस्था सिर्जना भएको भन्दै निजामती सेवाको आलोचनासमेत हुँदै आएको छ । स्रोतका अनुसार जागिर अवधि नसकिँदै राजीनामा गर्नेमा केही संख्यामा इमानदार कर्मचारीहरूसमेत रहेको बताइएको छ । नेपाल समाचरपत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार