Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • एनसेलको ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना सार्वजनिक

    एनसेलको ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना सार्वजनिक

    अनलाइन नेपाल
  • मंगलबार, ४ असार २०८१
  • 474
    SHARES

    काठमाडौं । दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना ल्याएको छ।

    यो योजनाअन्तर्गत आफूलाई मन पर्ने अन्तिमका ६ अंक रोजेर आफ्नो मोबाइल नम्बर आफैँ बनाउन सकिने एनसेलले जनाएको छ ।



    एनसेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’चाहे त्यो तपाईंको जन्मदिन होस्, आफ्नो सहयात्रीलाई पहिलोपटक भेटेको दिन होस्, तपाईंको सवारीसाधनको नम्बर होस् वा अन्य कुनै महत्त्वपूर्ण मिति वा नम्बर अब तपाईंले त्यसलाई सधैँको लागि आफ्नै मोबाइल नम्बरमा परिणत गरी सधैँ अन रहन सक्नुहुन्छ।’



    आफ्ना प्रियजनलाई पनि त्यस्ता विशेष नम्बर उपहार दिन सकिनेछ । उदाहरणका निम्ति, श्रीमान्‌ले अन्तिमको ६ अंक९४० भएको नम्बर लिन सक्छन् भने श्रीमतीले मिल्दोजुल्दो ९४१ लिन सक्छिन् ।

    यो योजनाको मोबाइल नम्बर ९७०५ रेन्जबाट सुरु हुन्छ । यो प्राप्त गर्न चाहने ग्राहकले अन्तिम ६ अंक रोजेर आफ्नो विशिष्ट मोबाइल नम्बर बनाउन सक्ने कम्पनीले जनाएको छ ।

    एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले भने, ‘मोबाइल नम्बर हाम्रो पहिचान बनिसकेको छ । आफूलाई जीवरभर यादगार रहने नम्बरका आधारमा आफ्नै मोबाइल नम्बर रोज्न सकिने यो विशेष योजना सञ्चालनमा ल्याउन पाउँदा हामी एकदमै खुसी छौँ ।’

    यो योजनाअन्तर्गत ९७०५ रेन्जबाट नम्बर छनोट गर्न नौ लाख बढी मोबाइल नम्बर उपलब्ध छन् । एनसेलले फस्ट कम, फस्ट सर्भ बेसिसमा उपलब्ध नम्बर वितरण गर्नेछ ।

    यो सिम एनसेलले हाल सञ्चालन गरिरहेको ‘सधैँ अन’अन्तर्गत ५९९ देखि १,४९९ रुपैयाँसम्मको प्लानमा बन्डल सेवाका रूपमा उपलब्ध गराउनेछ ।

    बुकिङ गरिएको सिम ग्राहकले देशभर फैलिएका एनसेलका ३२ सेन्टरमध्ये कुनैमा गई लिन सक्नेछन् । काठमाडौं उपत्यकामा कार्गो सेवामार्फत होम डेलिभरी गराएर पनि यो सिम लिन सकिन्छ । बुकिङ गराएको नम्बर सात दिनभित्र नलिए उक्त नम्बर बुकिङको सूचीबाट स्वतः हट्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार