काठमाडौं । विभिन्न राजनीतिक दलमा संलग्न ८२५ जना शिक्षकहरूले राजनीतिक दलको सदस्यता त्याग गरेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजनीतिक दलको सदस्य रहेका शिक्षकलाई पदबाट हटाउने तयारी गरेपछि उनीहरुले दलको सदस्यता त्यागेका हुन् ।
शिक्षामन्त्री सुमना श्रेष्ठका अनुसार अहिलेसम्म ८२५ जना शिक्षकहरूले राजनीतिक दलको सदस्यता त्याग गरेका छन् ।
शिक्षामन्त्री श्रेष्ठले आफ्नो सय दिनको उपलब्धीमा उजुरीमा ४५ जना शिक्षकविरूद्ध उजुरी परेको , ४१ जना शिक्षकसँग स्पष्टीकरण सोधिएको र ४ जनाले सफाइ पाएको उल्लेख गरेकी छिन् ।
Leave a Reply