Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • गृहमन्त्रीलाई कांग्रेस सांसद थानीको प्रश्न – गिरीबन्धु र क्यान्टोनमेन्टको फाइल खोल्ने तागत छ ?

    गृहमन्त्रीलाई कांग्रेस सांसद थानीको प्रश्न – गिरीबन्धु र क्यान्टोनमेन्टको फाइल खोल्ने तागत छ ?

    अनलाइन नेपाल
  • मंगलबार, ४ असार २०८१
  • 417
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसद हृदयराम थानीले गिरीबन्धु प्रकरणको फाइल खोल्न गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिएका छन् ।

    विनियोजन विधेयक अन्तर्गत गृहमन्त्रालयको बजेटमा खर्च कटौती प्रस्ताव पेश गर्दै कांग्रेस सांसद थानीले यस्तो चुनौती दिएका हुन् ।



    सांसद थानीले भने,’ तपाईं कसलाई धम्क्याइरहनु भएको छ ? कांग्रेसलाई होला भन्ने बुझ्न सक्छु । गिरीबन्धुको छानबिन गर्न सिंहको जस्तो मुटु छ ? क्यान्टोनमेन्टको घोटाला छानबिन गर्न सक्नु हुन्छ ?’



    सांसद थानीले गृहमन्त्री लामिछानेलाई गिरीबन्धु टी स्टेट र माओवादी लडाकूको नाममा क्यान्टोनमेन्टमा भएको भ्रष्टाचारको फाइल खोल्न चुनौती दिए।

    उनले फाइल खोल्छु भनेर कांग्रेसलाई नधम्क्याउन समेत चेतावनी दिएका छन् ।

    सांसद थानीले सहकारी ठगीमा मुछिएका लामिछानेका पूर्व पार्टनर जीबी राईलाई पक्राउ नगर्नुको कारण मागे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार