काठमाडौं । चीन सरकारको एक उच्चस्तरीय टोली आज नेपाल आइपुग्ने भएको छ ।
गृह मन्त्रालयको निमन्त्रणामा सिचुवान प्रान्तका उपप्रमुख एवं पब्लिक सेक्युरिटिज विभागका प्रमुख ये हानपिन नेतृत्वमा ५ सदस्यीय टोली आज बिहान नेपाल आउन लागेको हो ।
हानपिन नेतृत्वको टोलीले परराष्ट्र मन्त्री, गृहमन्त्री, गृहसचिव लगायत उच्च अधिकारीहरुसँग भेट गर्नेछ ।
गृह मन्त्रालयमा आपसी हित र सुरक्षा चासोका विषयमा द्विपक्षीय छलफल हुनेछ। भ्रमण टोलीमा तङ हुवा, जङ सिआओछिन, चुङ ख, थाङ जिआसिन रहेका छन् ।
Leave a Reply