Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • वीरगन्जबाट १२ लाख रूपैयाँसहित हुन्डी कारोबारी पक्राउ

    वीरगन्जबाट १२ लाख रूपैयाँसहित हुन्डी कारोबारी पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ३ असार २०८१
  • 363
    SHARES

    फाइल तस्विर

    वीरगन्ज । सशस्त्र प्रहरी पर्साले एक जना हुन्डी कारोबारीलाई पक्राउ गरेको छ ।

    वीरगन्ज-१६ भन्सार चेकप्वाईन्टमा सशस्त्र प्रहरीले भारत रक्सौलबाट वीरगन्ज आउने क्रममा १२ लाख रुपैयाँसहित हुन्डी कारोबारीलाई पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका- ७ जितपुर टोल निवासी छठु महतो कोइरी रहेका छन् ।



    रक्सौलबाट वीरगन्ज आउने क्रममा प्रदेश २-०३-०२० प ४२२२ नम्बरको मोटरसाइकल जाँच गर्दा मोटरसाइकल चालकले प्रयोग गरेको हेल्मेटबाट १२ लाख रुपैयाँ बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

    कोइरीको साथबाट विभिन्न बैंकका चेकहरु समेत फेला पारेको छ । आवश्यक कारबाहीका लागि कोइरीलाई वीरगन्ज भन्सार कार्यालय पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार