Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • पहिरोका कारण पृथ्वी राजमार्ग बन्द

    पहिरोका कारण पृथ्वी राजमार्ग बन्द

    अनलाइन नेपाल
  • सोमबार, ३ असार २०८१
  • 714
    SHARES

    तस्विर : सामाजिक सञ्जाल

    काठमाडौं । मनसुन भित्रिएसँगै राजमार्गमा पहिरो जान सुरु भइसकेको छ । आइतबार राती पहिरो गएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

    आइतबार राति २ बजेतिर वर्षासँगै आएको पहिरोले पृथ्वी राजमार्गको मुग्लिङ–नौबिसे सडक खण्ड अवरुद्ध भएको हो ।



    इलाका प्रहरी कार्यालय मुग्लिङका अनुसार चितवनको इच्छाकामना–३ फिस्लिङ र मोवाखोलाको बीचमा पहिरो खसेको छ ।



    पहिरो गएलगत्तै रातिदेखि नै लेदो पन्छाउने काम सुरु भए पनि सडक खुलेको छैन । सडक सञ्चालन गर्न अझै केही समय लाग्ने प्रहरीले जनाएको छ ।

    पहिरोले दुवैतर्फका सवारीसाधन रोकिएका छन् । यात्रुहरु अलपत्र परेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार