Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • फेरि राजनीतिमा सक्रिय हुँदै पूर्वराष्ट्रपति भण्डारी, गरिन् एमालेको सदस्यता नवीकरण

    फेरि राजनीतिमा सक्रिय हुँदै पूर्वराष्ट्रपति भण्डारी, गरिन् एमालेको सदस्यता नवीकरण

    अनलाइन नेपाल
  • आइतबार, २ असार २०८१
  • 1.8K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको पार्टी सदस्यता नवीकरण गरेकी छन् ।

    सात वर्ष राष्ट्रपति भएकी भण्डारीले आफ्नो पूर्ववत पार्टीमा सक्रिय हुने लक्ष्यका साथ पार्टी सदस्यता नवीकरण गरेकी हुन् ।



    स्रोतका अनुसार गत वैशाख १ गते नयाँ वर्षको अवसर पारेर संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले भण्डारीको सदस्यता नवीकरण गरेका हुन् ।



    उनी २०७२ असोजदेखि २०७९ फागुनसम्म राष्ट्रको सर्वोच्च पदमा रहेकी थिइन् । यसैबीच उनी पार्टीको कार्यक्रममा सहभागि हुन उत्तरी छिमेकी चीनको भ्रमण जाने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार