Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • पर्साबाट २२ किलो गाँजासहित एक जना पक्राउ

    पर्साबाट २२ किलो गाँजासहित एक जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २ असार २०८१
  • 471
    SHARES

    पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो परिमाणमा गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

    प्रहरीले पटेर्वासुगौली गाउँपालिका–४ भथौडाका अमितकुमार चौधरीलाई ठूलो परिमाणमा लागूऔषध गाँजासहित उनकै घरबाट पक्राउ गरेको हो।



    चौधरीले गाईगोठमा गाँजा लुकाइछिपाई राखेको सूचनाको आधारमा ७ वटा पोकामा रहेको २२ किलो ४ सय ९० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।



    चौधरीलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार