Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • कांग्रेस सांसद खतिवडाको टिप्पणी – मन्त्रीज्यूहरू, तपाईंको पद ससुरालीबाट दाइजो ल्याएको होइन !

    कांग्रेस सांसद खतिवडाको टिप्पणी – मन्त्रीज्यूहरू, तपाईंको पद ससुरालीबाट दाइजो ल्याएको होइन !

    अनलाइन नेपाल
  • आइतबार, २ असार २०८१
  • 531
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बजेट बनाउँदा संसद्लाई नै बाइपास गरिएको आरोप लगाएका छन् ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अर्थ मन्त्रालयको मन्त्रालयगत बजेटमाथिको छलफलमा बोल्दै सांसद खतिवडाले यस्तो बताएका हुन् ।



    खर्च कटौती प्रस्ताव पेश गर्दै सांसद खतिवडाले बजेट निर्माणमा मन्त्रीहरूले सत्तारप्रतिपक्ष भनेर विभेद गरेको आरोप लगाए ।



    सांसद खतिवडाले भने, ‘प्रधानमन्त्री र मन्त्रीहरू जहिले पनि सत्ता जोगाउने काम गरिरहेका छन् । नजिकका नाता र दातालाई रिझाउने काम भएको छ । संसद्का कर्मचारीहरू कालोपट्टी बाँधेर काम गरिरहेका छन् । मन्त्रीज्यूहरू, तपाईंहरूको ससुरालीबाट दाइजो ल्याएको पद होइन, यही संसद्बाट निर्वाचित भएको हो, संसद्लाई छल्ने काम नगर्नुस् ।’

    सांसद खतिवडाले पार्टीको झण्डा नबोक्ने कर्मचारीलाई मन्त्रालयमा विभेद गरिएको बताए । व्यवस्था परिवर्तन भएको भएता पनि प्रवृतिमा परिवर्तन नआएको सांसद खतिवडाको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार