Online Nepal
  • बुधबार, १० पुष २०८१
  • राज्यव्यवस्था समितिको बैठकमा एनजीओको खाजा, गृहमन्त्री लामिछानेले गरे बैठक बहिष्कार

    राज्यव्यवस्था समितिको बैठकमा एनजीओको खाजा, गृहमन्त्री लामिछानेले गरे बैठक बहिष्कार

    अनलाइन नेपाल
  • आइतबार, २ असार २०८१
  • 1.1K
    SHARES

    काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिको बैठक गृहमन्त्री रवि लामिछानेले बहिष्कार गरेका छन् ।

    राज्यव्यवस्था समितिमा एनजीओले खाजा प्रायोजन गरेपछि गृहमन्त्री लामिछानेले बैठक बहिष्कार गरेका हुन् ।



    गृहमन्त्री लामिछानेलाई आज विहान साढे ७ बजे समितिले छलफलका डाकेको थियो । बोलाइएको समयमै लामिछाने बैठकस्थलमा पुगेका थिए ।



    तर आजको बैठकमा मंहगो मूल्यका खाजा अर्डर गरिएको थाहा पाएपछि गृहमन्त्री लामिछाने भड्किएर निस्केका थिए ।

    मन्त्री र सांसदहरूले खाजाको विषयमा प्रश्न उठाउँदै बैठक नै बहिष्कार गरेपछि समितिको बैठक स्थगित भएको थियो ।

    समितिले आज निजामति सेवा विधयेकका विषयमा छलफल गर्न गृहमन्त्री लामिछानेलाई निम्याएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार