Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड र ओलीबीचको दूरी बढ्दै

काठमाडौं । संसद्मा अर्थमन्त्री वर्षमान पुनले पेस गरेको बजेटलाई लिएर सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बीचको दूरी बढ्दै गएको छ ।

सत्तारूढ दलसँग छलफल नै नगरी बजेट ल्याएको भन्दै आलोचना गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार पुनः कडा असन्तुष्टि पोखेका छन् ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष ओलीबीच असमझदारी बढ्दै गएको स्रोतको भनाइ छ । सोही कारण बजेटलाई लिएर एमाले अध्यक्ष ओलीले पार्टीका सांसदलाई बजेटको विरोध गर्न निर्देशन दिएका छन् ।

शनिबार बसेको एमाले संसदीय दलको बैठकमा ओलीले सरकारले ल्याएको बजेटमाथि असन्तुष्टि पोख्दै यही अवस्थामा स्विकार्न नसकिने संकेत दिएका छन् ।

बजेटको विषयमा एक–दुई जनाको मुख हेरेर कसरी सन्तोष मान्ने भन्दै उनले प्रश्न उठाएका छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077