Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • आजको मौसम : यी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

    आजको मौसम : यी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • आइतबार, २ असार २०८१
  • 2.9K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

    जसको प्रभावले कोशी र मधेश प्रदेशको मौसम साधारणतया बदली, गण्डकी र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ । बाँकी भू-भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



    कोशी प्रदेशका केही स्थान तथा मधेश र बाग्मतीका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।



    आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेश प्रदेशलगायत बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का दखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    राति कोशी र मधेश प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थान तथा बाँकी भू(भागका एक(दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार