Online Nepal
  • बुधबार, १० पुष २०८१
  • गृहमन्त्री लामिछानेले भने – देशका लागि नराम्रो नगर्नु नै सबैभन्दा राम्रो हो

    गृहमन्त्री लामिछानेले भने – देशका लागि नराम्रो नगर्नु नै सबैभन्दा राम्रो हो

    अनलाइन नेपाल
  • शनिबार, १ असार २०८१
  • 477
    SHARES

    काठमाडौं । गृहमन्त्री रवि लामिछानेले देशमा केही पनि नराम्रो नगर्नु नै अहिलेका लागि सबैभन्दा राम्रो गर्नु भएको बताएका छन् ।

    काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।



    गृहमन्त्री लामिछानेले भने, ‘हामीसँग आशा र अपेक्षा यति धेरै गरिएको छ । यो देशमा केही पनि नराम्रो नगर्नु सबैभन्दा राम्रो गर्नु हो आजको दिनमा ।’



    गृहमन्त्री लामिछानेले रास्वपाले सरकारमा गएको सय दिनमा कुनै नराम्रो काम नगरेको दाबी पनि गरे ।

    उपलब्धि नै भ्रष्टाचारका ठुला फाइल खोल्नुलाई लिइरहेको भन्दै उनले आफूहरु सरकारमा गएर विधिको स्थापाना गरेको दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार