Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • प्रहरीको जीवनशैली अत्यन्त व्यस्त र चुनौतीपूर्ण छ : आईजीपी कुँवर

    प्रहरीको जीवनशैली अत्यन्त व्यस्त र चुनौतीपूर्ण छ : आईजीपी कुँवर

    अनलाइन नेपाल
  • शनिबार, १ असार २०८१
  • 873
    SHARES

    काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको प्रमुख आतिथ्यमा नेपाल विपश्यना केन्द्र बुढानिलकण्ठमा सञ्चालित १० दिवसीय विपश्यना ध्यान शिविर सम्पन्न भएको छ ।

    आईजीपी कुँवरको उक्त केन्द्रको अवलोकन समेत गरेका हुन् ।



    कार्यक्रममा आईजीपी कुँवरले प्रहरी निरीक्षकहरूलाई प्रहरी आधारभूत तालिम पश्चात् आध्यात्मिक चिन्तन मनन गर्ने अवसर प्रदान गराई दिएकोमा नेपाल विपश्यना केन्द्र लाई धन्यवाद दिए ।



    आईजीपी कुँवरले नेपाल प्रहरीका भविष्यका कर्णधारका रूपमा रहेका प्रहरी निरीक्षकहरूलाई जागिरे जीवनमा मात्र नभई व्यक्तिगत जीवनमा समेत प्रत्यक्ष रूपमा लाभान्वित पुग्ने बताए ।

    साथै ध्यान शिविरमा सहभागी प्रहरी निरीक्षकहरू आगामी दिनका लागि पुनर्जागृत हुन सफल भएको विश्वास उनले व्यक्त गरे ।

    आईजीपी कुँवरले प्रहरीको जीवनशैली अत्यन्त द्रुत, व्यस्त र चुनौतीपूर्ण रहेको उल्लेख गर्दै विभिन्न कठिनाइहरूको सामना गर्नु अगाडि आत्म चिन्तन, आत्म अनुभूति र तनावमुक्त हुन पाउनु एउटा अमूल्य अवसर रहेको बताए ।

    राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको समन्वयमा जेठ २२ गतेदेखि सञ्चालित उक्त शिविरमा हालै दीक्षित प्रहरी निरीक्षक आधारभूत तालिम १-१८२ औँ समूहका १ सय ४६ जना प्रहरी निरीक्षकहरूको सहभागिता रहेको थियो ।

    विपश्यना ध्यान शिविर समापन कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल विपश्यना केन्द्रका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार