काठमाडौं । गृहमन्त्री रवि लामिछानेले आफ्ना मन्त्रीहरुले सरकारमा गएको सय दिनभित्र विधि बसाउँने काम गरेको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको दोस्रो स्थापना दिवसका अवसरमा शनिवार आयोजित कार्यक्रममा बोल्दै रास्वपा सभापतिसमेत रहेका लामिछानेले यस्तो बताएका हुन् ।
गृहमन्त्री लामिछानेले माछा समाउने भाष्य आफूहरुले नै बनाएकाले प्रश्न उठ्नु स्वभाविक नै रहेको बताए ।
गृहमन्त्री लामिछानेले भने,’हामीले सय दिनमा केही पनि नराम्रो गरेनौं,बरु बिधी बनाउने काम गरेका छौं । यहाँ त माछाका कुरा छन् । यहाँ सबैभन्दा ठूलो त माछाको कुरा छ नि । उपलब्धि भनेकै माछा भन्ने हामीले नै भनेकाले समेत माछा खोइ माछा भनेर सोध्छन् ।’
गृहमन्त्री लामिछानेले फाइल खोल्न दबाब आइरहे पनि अहिले फाइल बनाउने काममा आफूहरु लागेको बताए ।
उनले विगतमा परिवर्तनको क्रान्तिको पक्षमा लाग्नेहरुको हत्या हुने गरेकोमा अहिले चरित्रहत्या गरिने भन्दै आफूहरुविरुद्ध अहिले त्यहि भइरहेको बताए ।
चरित्रहत्याका कारण कतिपय रास्वपाका कार्यकर्तामा सातो गए पनि सातो जानुपर्ने खालको गल्ति आफूहरुबाट नभएको गृहमन्त्री लामिछानेले दावी गरे ।
Leave a Reply