Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • टस जितेर दक्षिण अफ्रिकासँग पहिला फिल्डिङ गर्दै नेपाल

    टस जितेर दक्षिण अफ्रिकासँग पहिला फिल्डिङ गर्दै नेपाल

    अनलाइन नेपाल
  • शनिबार, १ असार २०८१
  • 381
    SHARES

    काठमाडौं । आईसीसी टी–२० विश्वकपको आफ्नो तेस्रो खेलमा नेपालले दक्षिण अफ्रिकाविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ ।

    सेन्ट भिन्सेन्टमा रहेको आर्नोस भले ग्राण्ड किंग्सटाउनमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।



    नेपालले एक परिवर्तन गरेको छ । स्पिनर सन्दीप लामिछाने नेपालको प्लेइङ ११ मा हुँदा सागर ढकाल बेन्चमा छन् ।



    दक्षिण अफ्रिका ३ खेलमा ६ अंकका साथ समूह डी मा शीर्षस्थानमा छ ।

    दक्षिण अफ्रिका एक खेल अगावै सुपर-८ मा पुगेको छ । दक्षिण अफ्रिकालाई यस खेल सुपर ८ अघिको तयारी हुनेछ ।

    दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेट, नेदरल्यान्ड्सलाई ४ विकेट र बंगलादेशलाई ४ रनले हराएको थियो ।

    नेपाल २ खेलमा १ मा हार र १ खेलमा रद्ध हुँदा १ अंकका साथ चौथो स्थानमा छ । सुपर ८ को अंक गणीतिय सम्भावना कायमै राख्न नेपालले आजको खेल जित्नुपर्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार