Online Nepal
  • बुधबार, १० पुष २०८१
  • जनकपुरमा ९ हजार बिघा जग्गा अतिक्रमण भएको गृहमन्त्री लामिछानेको खुलासा

    जनकपुरमा ९ हजार बिघा जग्गा अतिक्रमण भएको गृहमन्त्री लामिछानेको खुलासा

    अनलाइन नेपाल
  • शुक्रबार, ३२ जेष्ठ २०८१
  • 651
    SHARES

    काठमाडौं । गृहमन्त्री रवि लामिछानेले बृहत्तर जनकपुर क्षेत्रको करिब नौ हजार जमिन अतिक्रमणको विग अप्रेसन सुरु गर्ने बताएका छन् ।

    गृह मन्त्रालयका १०० दिनको उपलब्धी सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन्



    । गृहमन्त्री लामिछानेले लगभग नौ हजार बिगाहा जमिन हिनामिना भएको रिपोर्ट आएको भन्दै बिग अप्रेसन सुरु गर्न लागेको बताए ।



    गृहमन्त्री लामिछानेले भने,‘बृहत्तर जनकपुर क्षेत्रको करिब नौ हजार अतिक्रमित जमिनको गृह मन्त्रालयले विग अप्रेसन सुरु गर्दैछ । हुँदैछ गर्दैछौ, कुनै त्यस्तो नेता वा व्यक्तिलाई हामी बचाउँदैनौ ।’

    उनले नेपाली जनताको भारी बोक्ने भन्दै अरू कसैको नबोक्ने पनि बताए । गृहमन्त्री लामिछानेले सय दिनमा भएका कामको लिस्ट दिएर जुँगा नमुठार्ने भन्दै अब ऐतिहासिक काम गर्ने भन्दै सय दिनमा बेस निर्माण गर्ने काम गरेको दाबी समेत गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार