Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चोइटिएकाहरूबाट जसपा नेपाललाई कुनै असर छैन : उपेन्द्र यादव

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रभावमा परेर चोइटिएर गएकाहरूबाट पार्टीलाई कुनै असर नपरेको बताएका छन् ।

राष्ट्रिय एकता महाधिवेशन सकिए लगत्तै जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् ।

अध्यक्ष यादवले चोइटिएर जानेहरुको कुनै प्रभाव नरहेको महाधिवेशनले पुष्टि गरेको दाबी गरे ।

अध्यक्ष यादवले जसपा नेपालसँग जनता र जनतासँग जसपा नेपाल रहेको महाधिवेशनले पुष्टि भएको बताए ।

उनले २३ वैशाखमा पार्टी विभाजन गरेर गएकाहरु नेताहरुलाई अभागीको संज्ञा समेत दिए।

उत्साहजनक सहभागीता र एकताको सन्देशका साथ महाधिवेशन सफल भएको अध्यक्ष यादवको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077