Online Nepal
  • आइतबार, २० असोज २०८१
  • देशमा केही भएको छैन भन्ने भाष्य गलत सावित भएको छ : प्रधानमन्त्री प्रचण्ड

    देशमा केही भएको छैन भन्ने भाष्य गलत सावित भएको छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, ३२ जेष्ठ २०८१
  • 402
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला पूर्वाधारको निर्माण सम्पन्न हुनुले देशमा आशाको सञ्चार प्रवाह गरेको बताएका छन्।

    हेटौंडा सबस्टेसन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले ‘देशमा केही भएको छैन, केही हुँदैन’ भन्ने नकारात्मक भाष्य गलत सावित भएको बताए ।



    प्रधानमन्त्री प्रचण्डले ठूला–ठूला पूर्वाधार निर्माण सम्पन्न हुनुले देशमा मौलाएको गलत भाष्य र चचालाई तथ्य र तथ्याङ्कसहित निस्तेज तुल्याएको बताए।

    प्रधानमन्त्री प्रचण्डले भने,‘तीन ठूला सबस्टेसनहरू नेपालका नदी तथा खोलानालाहरूबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न, पूर्व–पश्चिम विद्युत् आपूर्ति गर्न र नेपाल र भारतबीचको द्विदेशीय विद्युत् व्यापारका लागि मात्र नभएर उपक्षेत्रीय तथा क्षेत्रीय विद्युत् व्यापारका लागि सबस्टेसनहरू मेरुदण्ड ९ब्याकबोन० का रूपमा रहनेछन् ।’

    उनले विद्युत उत्पादन र खपत गर्ने उपभोक्ताबीच जोड्न सयौं किलोमिटर दूरीमा पूर्व–पश्चिम, उत्तर–दक्षिण प्रसारण र वितरण लाइनका पूर्वाधार संरचना विस्तार तथा सुदृढीकरणको काम तीब्र गतिमा भइरहेका बताए।

    विगतमा आफ्नै नेतृत्वको सरकारले देशलाई लोडसेडिङको कहालीलाग्दो युगबाट मुक्त गरी उज्यालो नेपालको यात्रा अगाडि बढाएको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।

    आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्णरूपमा विद्युतीकरण घोषणा गर्ने गरी सम्पूर्ण तयारी पूरा गर्न कार्यहरू भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले मुलुकका लागि सुनौला दिनहरू टाढा नरहनेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार