Online Nepal
  • आइतबार, २० असोज २०८१
  • कांग्रेस सांसद न्यौपानेको प्रश्न – प्रधानमन्त्रीको भारत भ्रमण राजनीतिक हो की पारिवारिक ?

    कांग्रेस सांसद न्यौपानेको प्रश्न – प्रधानमन्त्रीको भारत भ्रमण राजनीतिक हो की पारिवारिक ?

    अनलाइन नेपाल
  • शुक्रबार, ३२ जेष्ठ २०८१
  • 399
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले प्रधानमन्त्रीको भारत भ्रमणको विषयलाई लिएर आलोचना गरेकी छन्।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै गरेको भारत भ्रमण राजनीतिक हो या पारिवारिक भनेर कांग्रेसकी सांसद न्यौपानेले संसद्‌मा कटाक्ष गरेकी हुन्।



    सांसद न्यौपानेले सार्वजनिक भएका भ्रमणको फोटोले पारिवारिक या राजनीतिक भ्रमण छुट्याउन नसकिएको बताईन् ।



    सांसद न्यौपानेले भनिन्, ‘सार्वजनिक भएका भ्रमणका फोटोले प्रधानमन्त्रीको भ्रमण पारिवारिक या राजनीतिक ठम्याउन सकिएन । पारिवारिक हो भने मोदीको परिवारका कोही सदस्य देखिएन । राजनीतिक हो भने नेपालका मन्त्रीको ठाउँमा परिवारका सदस्य देखिए। वान टु वान भन्यो भने तेस्रो व्यक्तिको प्रवेश देखियो । भ्रमणले प्रधानमन्त्रीको परिवारको सदस्यको उचाइ बढेको होला, देशको के भयो ?’

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथमा भाग लिन पुगेका प्रधानमन्त्री प्रचण्डसँगको वार्तामा प्रचण्डकी छोरी गंगा दाहाल पनि सँगै बसेकी थिइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार