Online Nepal
  • बुधबार, १० पुष २०८१
  • अमेरिकी राष्ट्रपति बाइडेनले भने – छोरालाई दिइएको सजाय माफ गर्दिन

    अमेरिकी राष्ट्रपति बाइडेनले भने – छोरालाई दिइएको सजाय माफ गर्दिन

    अनलाइन नेपाल
  • शुक्रबार, ३२ जेष्ठ २०८१
  • 624
    SHARES

    एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेनले अवैध बन्दुक मामिलामा आफ्ना छोरा हन्टर बाइडेनको सजाय माफी नगर्ने बताएका छन् ।

    अमेरिकामा अदालतबाट दोषी प्रमाणित भएका व्यक्तिको सजाय माफी दिने वा घटाउने वा परिमार्जन गर्ने अधिकार राष्ट्रपतिलाई छ ।



    बाइडेनका छोरालाई अवैध रूपमा हतियार खरिद गरेको र लागुऔषधको प्रयोगबारे झूट बोलेको अभियोगमा दोषी ठहर गरिएको थियो ।



    गत हप्ता सङ्घीय अदालतले हन्टरलाई दोषी ठहर गरेपछि बाइडेनले पहिलो पटक यस मुद्दामा प्रतिक्रिया दिएका छन् । लागुऔषधको कुलतबाट छोरा मुक्त भएको भन्दै हन्टरप्रति गर्व रहेको पनि उनले बताएका थिए ।

    अहिले छोरा धेरै विनम्र र प्रतिभाशाली व्यक्ति भएको उनको भनाइ छ । हन्टर बाइडेनलाई हालै लागुऔषध लिएको र बन्दुक राखेको तीनवटा मुद्दामा दोषी ठहर गरिएको थियो ।

    आफ्नो छोरालाई दोषी ठहराउनु अघि नै बाइडेनले उनी दोषी ठहर भए भने सजाय माफी नदिने बताएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार