Online Nepal
  • बुधबार, २१ कार्तिक २०८१
  • विश्वकप क्रिकेट

    बंगलादेशसँग नेदरल्यान्ड्स २५ रनले पराजित

    बंगलादेशसँग नेदरल्यान्ड्स २५ रनले पराजित

    अनलाइन नेपाल
  • शुक्रबार, ३२ जेष्ठ २०८१
  • 822
    SHARES

    काठमाडौं । आईसीसी टी–२० विश्वकपमा बङ्ग्लादेशले नेदरल्याण्ड्सलाई पराजित गरेको छ । गएराति भएको खेलमा बङ्ग्लादेशले नेदरल्याण्ड्सलाई २५ रनले पराजित गरेको हो ।

    बङ्ग्लादेशले दिएको १ सय ६० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३४ रन मात्र बनाउन सक्यो ।



    नेदरल्याण्ड्सका लागि एनगेलब्रेक्टले सर्वाधिक ३३ रन बनाए । बङ्ग्लादेशका होसेनले ३ विकेट लिए । त्यसअघि सेन्ट भिन्सेन्टमा टस गरेर पहिला ब्याटिङ गरेको बङ्ग्लादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो ।



    उसका शाकीब अल हसनले सर्वाधिक ६४ रन बनाए । नेदरल्याण्ड्सका आर्यन दत्त र पल भ्यान मिकरनले २–२ विकेट लिए ।

    जितपछि नेपाल रहेको समूह ‘डी’ को बङ्ग्लादेश ३ खेलमा ४ अङ्कसहित दोस्रो स्थानमा छ । नेदरल्याण्ड्सको ३ खेलमा २ अङ्क रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार