मोरङ। लुगा धुनेक्रममा करेन्ट लागेर मोरङमा एक जनाको मृत्यु भएको छ ।
जहदा गाउँपालिका-१ झैलाचोकमा मोटर चलाएर कपडा धुने क्रममा करेन्ट लाग्दा ४५ वर्षीय रेवतीदेवी सरवरियाको मृत्यु भएको हो ।
त्यस्तै, एक जना महिला घाइते भएकी छन्। २५ वर्षीया चन्द्रिका सरवरिया घाइते छन् ।
उनीहरू सासु-बुहारी हुन् । प्रहरीका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएकी रेवतीदेवीको उपचारका लागि विराटनगरको मकालु अस्पतालमा भर्ना गरिएको थियो ।
त्यहाँ पुर्याए लगत्तै अस्पतालले उनलाई मृत घोषित गरेको थियो । चन्द्रिकाको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
Leave a Reply