Online Nepal
  • आइतबार, २० असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – रुग्ण उद्योग पुनः सञ्चालनको सम्भाव्यताबारे अध्ययन गरौं

    प्रधानमन्त्री प्रचण्डले भने – रुग्ण उद्योग पुनः सञ्चालनको सम्भाव्यताबारे अध्ययन गरौं

    अनलाइन नेपाल
  • बिहिबार, ३१ जेष्ठ २०८१
  • 339
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुराना उद्योग सञ्चालनको सम्भाव्यताबारे अध्ययन गर्नुपर्ने बताएका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    विगतमा सरकारी स्वामित्वमा रहेका रुग्ण उद्योग पुनः सञ्चालनको सम्भाव्यताबारे व्यवस्थित अध्ययन गर्नुपर्ने प्रधानमन्त्री प्रचण्डको भनाई छ ।



    प्रधानमन्त्री प्रचण्डले भने,‘विगतमा राष्ट्रिय उद्योग चलाउनुपर्छ भन्ने अभिमत छ । ती उद्योगमध्ये केही उद्योगहरू पुनः सञ्चालन गर्न सकिने सम्भावना पनि छ । हामीले नीति तथा कार्यक्रम र बजेटमा पनि त्यो कुरा राखेका छौँ । त्यसैले कुन-कुन उद्योगहरू पुनः सञ्चालन गर्न सकिन्छ, त्यसको व्यवस्थित अध्ययन गरौँ। ’

    प्रधानमन्त्री प्रचण्डले विगतमा उदारीकरणका नाममा राष्ट्रिय उद्योगहरू धरासायी भएको बताउँदै ती उद्योगहरू पुनः सञ्चालन गर्न सकिने सम्भाव्यताका लागि व्यवस्थित अध्ययन जरुरी भएको बताए ।

    प्रधानमन्त्री प्रचण्डले सार्वजनिक निजी साझेदारीको मोडेलमा उद्योगहरू पुनः सञ्चालन गर्ने नीतिमा राज्यका सबै निकायहरू प्रष्ट हुनुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार