Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • परराष्ट्रमन्त्री श्रेष्ठ भन्छन् – शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नैपर्छ

    परराष्ट्रमन्त्री श्रेष्ठ भन्छन् – शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नैपर्छ

    अनलाइन नेपाल
  • बिहिबार, ३१ जेष्ठ २०८१
  • 507
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रियाको बाँकी काम तत्काल पूरा गर्नुपर्ने बताएका छन् ।

    डिआर पौडेलेको पाँचौँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।



    उनले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नैपर्ने बेला भएको बताए।



    परराष्ट्रमन्त्री श्रेष्ठले भने, ‘शान्ति प्रक्रियाको बाँकी काम अब पूरा गर्नैपर्छ। शान्ति प्रक्रियाको दुई महत्वपूर्ण कार्यभार हामीले गरिसकेका छौं।राजनीतिक कार्यभार, परिवर्तनलाई संस्थागत गर्ने कार्यभार र माओवादी जनमुक्ति सेनाको समायोजन प्रक्रिया पुनःस्थापना गर्ने कार्यभार पूरा गरेका छौं। तर अहिले संक्रमणकालीन न्यायको कार्यभार पूरा गर्न बाँकी छ।’

    उनले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको कामहरू पूरा गरेर शान्ति प्रक्रियालाई समग्रमा पूरा गर्न जरुरी रहेको बताए।

    परराष्ट्रमन्त्री श्रेष्ठले राष्ट्रिय सहमति कायम गरेर शान्ति प्रक्रियाको बाँकी कार्यभारलाई पूरा गरेर दिगो शान्ति स्थापित गर्ने काम गर्नुपर्ने आजको आवश्यकता रहेको पनि बताए।

    उनले राजनीतिक परिवर्तनलाई माध्यम र साधन बनाएर आर्थिक र सामाजिक क्षेत्रमा यसलाई बिस्तारित गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले विकास र समृद्धिको प्रक्रियालाई तिब्र बनाउनुपर्ने बेला भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार