Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • एसपीबाट बढुवा भएका चार एसएसपीले लगाए फुली

    एसपीबाट बढुवा भएका चार एसएसपीले लगाए फुली

    अनलाइन नेपाल
  • बिहिबार, ३१ जेष्ठ २०८१
  • 2K
    SHARES

    काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले हालै प्रहरी उपरीक्षक (एसपी)बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदोन्नति भएका चार जना जनालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

    नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित विशेष समारोहबीच आईजीपी कुँवरले उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।



    दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा एसएसपीहरु श्याम कृष्ण अधिकारी, रविन्द्र रेग्मी, भिमबहादुर दाहाल र नान्तीराज गुरुङ रहेका छन् ।



    दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै आईजीपी कुँवरले पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई सांगठनिक हितमा थप हौसला र लगनशीलताका साथ सेवा गर्नका निम्ति प्रहरी अधिकृतहरू थप उत्प्रेरित हुने विश्‍वास व्यक्त गरे ।

    नेपाल प्रहरीमा विभिन्न प्राविधिक समूहले पुर्‍याएको सेवाको प्रशंसा गर्दै प्रविधिको प्रयोगले अपराधमा बढ्दो सूचनाको दुरूपयोग जस्ता चुनौतिको सामना गर्न नेपाल प्रहरीलाई सहज भएको उनले उल्लेख गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार