Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • ताप्लेजुङमा बाढीले बगायो काठेपुल, फक्ताङलुङका स्थानीय प्रभावित

    ताप्लेजुङमा बाढीले बगायो काठेपुल, फक्ताङलुङका स्थानीय प्रभावित

    अनलाइन नेपाल
  • बिहिबार, ३१ जेष्ठ २०८१
  • 453
    SHARES

    ताप्लेजुङ । अविरल वर्षाले ताप्लेजुङको सिसावा खोलामा आएको बाढीले एउटा काठेपुल बगाएको छ ।

    बिहीबार फक्ताङलुङ गाउँपालिका-५ तापेथोकस्थित सिसावा खोलाले काठे पुल बगाएको हो ।



    सवारीसाधन र स्थानीय आउजाउ गर्दै आएको उक्त पुल बाढीले बगाएपछि फक्तालुङ गाउँपालिकाका स्थानीय प्रभावित भएका छन् ।



    गएरातिदेखि परेको वर्षका कारण खोलाको बहाव बढेको थियो। पानी रोकिसकेको भएपनि बिहानपख खोलामा लेदोसहित आएको बाढीले पुल बगाएको हो।

    यस बाढीले कुनै मानवीय क्षति भने भएको छैन। वडाध्यक्ष लिम्बुले बिहानै साढे ६ बजेको समयमा आएको बाढीले पुल बगाएको बताए ।

    बाढीले पुल बगाएपछि त्यसको मारमा विद्यार्थी परेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार