दाङ । चक्कु प्रहारबाट गम्भीर घाइते भएका एक युवाको उपचारका क्रममा मृत्यु भएको छ।
दाङको तुलसीपुर उपमहानगरपालिका-४ मजुवाका २४ वर्षीय गोरखलाल खड्काको मृत्यु भएको हो।
उनलाई उपचारका लागि भारतको लखनउमा लगिएको थियो । उनको शव बिहीबार स्वदेश ल्याएर अन्त्येष्टि गरिएको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगर-४ गोटीखोलाका २१ वर्षीय पदम केसीले खड्कामाथि ढाडमा चक्कु प्रहार गरेका थिए।
घाइते खड्कालाई उपचारका लागि राति नै तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल लगिएको थियो।
चक्कु प्रहार घटनामा संलग्न पदमका साथै १८ वर्षीय मक्लु वली पनि पक्राउ परेका छन्।
Leave a Reply