Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साढे २ करोड ठगी गरेको आरोपमा कन्सल्टेन्सीका सञ्चालकसहित ६ जना पक्राउ

काठमाडौँ । विभिन्न देशहरूमा पठाइदिने भनि एक हजार जनाभन्दा बढी मानिसहरुलाई ठगी गर्ने कन्सल्टेन्सीका सञ्चालकसहित ६ जना पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पोल्याण्ड, पोर्चुगल, फ्रान्स, माल्टा, रोमानिया, क्रोएसिया लगायतका देशहरूमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा रेशम रावलसहित ६ जनालाई पक्राउ गरेको हो ।

उनीहरुले सञ्चालन गरेको युनिक कन्सल्ट एण्ड कन्सल्टेन्सी, वर्ल्डवाइड कन्सल्ट एण्ड कन्सल्टेन्सी लगायत नाम करेका ४ वटा कन्सल्टेन्सीबाट रोजगारी तथा भिजिट भिसामा ती देश पठाउने भनि सक्कल राहदानी, नागरिकता, शैक्षिक प्रमाण पत्र सबै सक्कलै कागजातहरू लिई रकम उठाएर ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।

उनीहरुले २ करोड ५० लाखभन्दा बढी रकम ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले कन्सल्टेन्सीमा खानतलासी गर्दा राहदानी थान २२९ सहितका कागजात भेटिएको छ भने पक्राउ पेका व्यक्तिहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077