Online Nepal
  • आइतबार, २ मंसिर २०८१
  • चितवनका कैदीबन्दीमा छाला, ज्वरो र झाडापखालाको समस्या

    चितवनका कैदीबन्दीमा छाला, ज्वरो र झाडापखालाको समस्या

    अनलाइन नेपाल
  • बुधबार, ३० जेष्ठ २०८१
  • 708
    SHARES

    चितवन । कारागार कार्यालय चितवनका कैदीबन्दीमा बढ्दो गर्मीसँगै छाला, ज्वरो र झाडापखालाको समस्या देखिएको छ ।

    कारागारका स्वास्थ्य शाखा प्रमुख लेखनाथ पौडेलका अनुसार गर्मीमा छालाको समस्याका रुपमा दाद फैलिएको छ । उहाँले भन्नुभयो “अहिले यो समस्या दुई सयभन्दा बढी कैदीबन्दीमा देखिएको छ ।”



    साँघुरो ठाउँमा बस्दा पसिना आउने र सुक्ने भएकाले यो समस्या देखिएको उहाँले बताउनुभयो । कारागारका ६० जनाभन्दा बढी कैदीबन्दीमा ज्वरो र २० जनामा झाडापखालाको समस्या देखिएको छ ।



    “गर्मीले कमजोरी महसुस गर्ने कैदीबन्दीको सङ्ख्या बढ्दो क्रममा छ”, उनले भने । उपचार गर्ने बजेट थोरै हुँदा कारागारमै उपचार भइरहेको उनले बताए । अस्पताल लगेर भर्ना गर्नुपर्ने अवस्था नभए पनि उच्च सावधानी अपनाइएको जिल्ला कारागार प्रमुख कमलनाथ आचार्यले बताए ।

    अन्य दीर्घरोगीको नियमित उपचार भइरहेकाले गर्मीको समयमा देखिने रोगको उपचारका लागि कार्यालयले सतर्कता अपनाएको उनको भनाइ छ ।

    गर्मी बढेसँगै क्षमताभन्दा बढी कैदीबन्दी हुँदा विगत चार महिनादेखि कैदीबन्दीलाई त्रिपालमुनि राख्नुपरेको कारागार कार्यालयले जनाएको छ । अहिले दुईवटा ब्लकमा ५० जनाभन्दा बढीलाई त्रिपालमुनि राखिएको उनले जानकारी दिए ।

    जिल्ला कारागार चितवनमा हाल सात सय ३४ कैदीबन्दी छन् । दुई सय ५५ जनाको क्षमता रहेको पुरुष बन्दी गृहमा छ सय ९४ जना र २५ जनाको क्षमता रहेको महिला बन्दीगृहमा ४० जना कैदीबन्दी छन् । उनीहरुसँग आश्रित दुई जना बालबालिकासमेत रहेको कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार