एजेन्सी । भारतको कश्मीरमा सेनाको चौकीमा आतंकवादी हमला भएको छ ।
हिजो राति, आतंकवादीहरूले जम्मू कश्मीरको डोडामा सेनाको चौकीमा आक्रमण गरेका थिए।
आतंककारी र सुरक्षाकर्मीबीच भिडन्त भइरहेको प्रहरीले जनाएको छ ।
भिडन्तमा गोली लागेर पाँच सैनिक र एक एसपीओ (विशेष प्रहरी अधिकृत) घाइते भएका छन् ।
घाइतेहरुलाई अस्पतालमा भर्ना गरिएको छ, उनीहरुको अवस्था स्थिर रहेको बताइएको छ ।
कठुआ जिल्लामा आतंकवादीहरूले गरेको गोलीबारीमा एक व्यक्तिको मृत्यु भएको र दुई जना घाइते भएको केही घण्टापछि यो हमला भएको हो।
तीन दिन अघि आतंकवादीहरुले तीर्थयात्री बोकेको बसमा हमला गरेका थिए। उक्त बस खाडलमा खसेको थियो ।
हमलाबाट नौ यात्रुको मृत्यु हुनुका साथै ४० भन्दा बढी घाइते भएका थिए ।
प्रहरीले आतंककारीले तीन नागरिकको हत्या र बन्धक बनाएको समाचार झुटो भएको बताएको छ । लुकेर बसेका आतंककारीलाई पक्रन अभियान चलिरहेको छ ।
आतंकवादी हमलामा एक जना घाइते भएका छन् । सुरक्षाकर्मीले जवाफी कारबाही गरेपछि मुठभेड सुरु भएको अन्तिम जानकारी प्राप्त हुँदासम्म भिडन्त जारी नै रहेको बताए ।
Leave a Reply