Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • रुसी सेनामा कार्यरत दुई भारतीय नागरिकको मृत्यु

    रुसी सेनामा कार्यरत दुई भारतीय नागरिकको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ३० जेष्ठ २०८१
  • 804
    SHARES

    एजेन्सी । युक्रेनसँगको युद्धमा रुसी सेनामा भर्ना भएका दुई भारतीय नागरिकको मृत्यु भएको छ ।

    युक्रेनसँगको लडाइँमा दुई भारतीय नागरिकको मृत्यु भएको भारतीय विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।



    भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी मृततका परिवारप्रति गहिरो समवेदना प्रकट गर्छौं । मस्कोस्थित हाम्रो दूतावास रुसी रक्षा मन्त्रालयसहित रुसी अधिकारीहरूसमक्ष मृततको शव ल्याउन पहल गरिरहेको छ।’



    विदेश मन्त्रालयले मस्कोस्थित भारतीय दूतावासले भारतका लागि रुसी राजदूत र मस्कोका रुसी अधिकारीहरूलाई रुसी सेनामा भर्ती भएका भारतीय नागरिकको अविलम्ब रिहाइका लागि दबाब दिइरहेको जनाएको छ ।

    भारतीय विदेश मन्त्रालयले रुसी सेनामा भारतीय नागरिकको भर्तीमाथि पूर्ण रूपमा प्रतिबन्ध लगाइएको पनि जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार