Online Nepal
  • बुधबार, १० पुष २०८१
  • अमेरिकी राष्ट्रपति बाइडेनका छोरा हन्टर दोषी ठहर

    अमेरिकी राष्ट्रपति बाइडेनका छोरा हन्टर दोषी ठहर

    अनलाइन नेपाल
  • बुधबार, ३० जेष्ठ २०८१
  • 1.3K
    SHARES

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेन बन्दुकसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् ।

    सन् २०१८ मा ह्यान्ड गन खरिद गर्दा लागूऔषधबारे झुट बोलेको अभियोगमा उनी दोषी ठहरिएका हुन्।​



    डेलावेयर राज्यको एक अदालतले ५४ वर्षीय हन्टरलाई तीन वटा आरोपमा दोषी ठहर्‍याएको हो ।



    ह्यान्ड गन खरिद गर्दा बाइडनले भरेको फारममा उनले आफू लागूऔषधको दुर्व्यसनी रहेको कुरा लुकाएका थिए ।

    हन्टरलाई संघीय बन्दुक कानुनअन्तर्गत अधिकतम २५ वर्षसम्मको जेल सजाय र साढे ७ लाख अमेरिकी डलरसम्मको जरिवाना हुनसक्ने बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार