Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आजको मौसम : यी स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव छ । बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभनवले कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । मनसुनी प्रणालीको प्रभाव रहेको यो प्रदेशका केही स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली, कोसी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।

महाशाखाले दिउँसो कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077