Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • विश्वकप छनोट : नेपाल र यमनको २-२ गोलको बराबरी

    विश्वकप छनोट : नेपाल र यमनको २-२ गोलको बराबरी

    अनलाइन नेपाल
  • बुधबार, ३० जेष्ठ २०८१
  • 1.2K
    SHARES

    काठमाडौं । विश्वकप फुटबल २०२६ को एसियाली छनोटअन्तर्गत दोस्रो चरणको आफ्नो अन्तिम खेलमा नेपालले यमनसँग २-२ गोलको बराबरी खेलेको छ ।

    दम्मामस्थित प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा नेपालले बराबरी खेलेको हो । नेपालका लागि सञ्जीव विष्ट र जेलेप्सीजङ कार्कीले गोल गरे ।



    अन्तिम समयमा गोल बेहोरेपछि नेपालको जित टरेको थियो । यमनका लागि मोहम्मद अब्दुल्लाह अल दाही र नासर अहमद अल गवासीले गोल गरे ।



    एसियाली छनोटको दोस्रो चरणमा नेपालले पहिलो पटक गोल गरेको हो भने अंक पनि पहिलो पटक प्राप्त गरेको हो। नेपालले अघिल्ला ५ खेलमा १८ गोल बेहोरेको थियो भने सबैमा हार पनि बेहोरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार