Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • सेनाका पूर्वरथी प्रहरी छानविनमा

    सेनाका पूर्वरथी प्रहरी छानविनमा

    अनलाइन नेपाल
  • मंगलबार, २९ जेष्ठ २०८१
  • 10K
    SHARES

    काठमाडौं । नेपाली सेनाका पूर्वरथी नेपालभूषण चन्द प्रहरी छानविनमा तानिएका छन् । चन्द सञ्चालक रहेको एक कम्पनीको सुन तस्करी गर्ने चिनियाँ गिरोहसँग सम्पर्क देखिएपछि चन्द पनि छानविनमा तानिएका हुन् ।

    उच्च प्रहरी स्रोतका अनुसार सजिलो पे नामक कम्पनीमा चन्दको लगानी रहेको छ । उनी कम्पनीको सञ्चालक समिति सदस्य समेत हुन् । सोही आधारमा चन्द पनि छानविनमा तानिएका हुन ।



    सो कम्पनीले सुन तस्करीको पैसाको अवैध कारोबार गरेको छानविनमा खुलेको छ । प्रहरीले पूर्वरथी चन्दलाई पनि छानविनमा बोलाउने तयारी गरेको छ ।



    हालसम्मको अनुसन्धानमा उनको प्रत्यक्ष संलग्नता नदेखिए पनि सुन तस्करी जस्तो धन्दामा संलग्नहरूलाई सघाएको देखिएपछि चन्द समस्यामा परेका हुन् ।

    उनका कम्पनीका केही कर्मचारी पक्राउ परिसकेका छन् । यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ‘पेवल नेपाल र सजिलो पे’ का गरी ६ कर्मचारीलाई पक्राउ गरेको थियो ।

    पक्राउ पर्नेहरुमा भीमप्रसाद तिमल्सिना, प्रज्वल आचार्य, सुरज जबरा, सुशील बन्जारा, काश्यव मानन्धर र अथुकछाक खम्पा छन् ।

    झण्डै ६१ किलो सुन तस्करीको दोस्रो चरणको अनुसन्धानमा डिजिटल भुक्तानी कम्पनी सजिलो पेसहित पे वेल पनि तानिएका थिए ।

    यसअघि नेपाल राष्ट्र बैंकले यी दुवै सेवा प्रदायक कम्पनीको बैंक खाता रोक्का गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार