Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • अब नीतिगत व्यवस्थामार्फत डिजिटल पूर्वाधार खडा गर्नुपर्छ : अर्थमन्त्री पुन

    अब नीतिगत व्यवस्थामार्फत डिजिटल पूर्वाधार खडा गर्नुपर्छ : अर्थमन्त्री पुन

    अनलाइन नेपाल
  • मंगलबार, २९ जेष्ठ २०८१
  • 579
    SHARES

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नयाँ पुस्ता सुहाउँदो आर्थिक सुधारका लागि आफूले बजेटमार्फत पहल गरेको दाबी गरेका छन् ।

    ‘आईटी डिकेड: अ वे फर्वार्ड’ कार्यक्रममा बोल्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् । अर्थमन्त्री पुनले भावी पुस्तालाई स्वदेशमै टिकाउने लक्ष्यसहित स्मार्ट र डिजिटल पूर्वाधार निर्माण आवश्यक रहेको धारणा व्यक्त गरे ।



    अर्थमन्त्री पुनले भने, ‘नयाँ चरणको आर्थिक सुरधार भन्नु नै नयाँ पुस्ता सुहाउँदो आर्थिक सुधार भन्न खोजिएको हो।धेरै साथीले मलाई सुझाव दिइरहेका छन्- अब डिजिटल रोड चाहिन्छ । अहिलेको सामान्य पूर्वाधारले हुँदैन, स्मार्ट र डिजिटल पूर्वाधार चाहियो । हामीले अहिले नै यो बनाउन नसकौँला तर दृष्टिकोण त राख्नुपर्छ ।’



    विश्वका ठूल्ठूला प्रविधि कम्पनीमा नेपाली जनशक्ति र प्रतिभाहरूले काम गरि‍रहेको बताउँदै अर्थमन्त्री पुनले अब नीतिगत व्यवस्थामार्फत नै ‘ब्रेन गेन’ को माहोल बनाइने उल्लेख गरे ।

    अर्थमन्त्री पुनले ठूला उत्पादनका पावरहाउससँग नेपालले प्रतिस्पर्धा गर्नुपर्ने अवस्था रहेकाले अन्य क्षेत्रभन्दा आईटी हाम्रा लागि उपयुक्त हुने पनि स्पष्ट पारे ।

    सूचना प्रविधि क्षेत्रमा नीतिगत स्थायित्व कायम हुनेमा अर्थमन्त्री पुनले प्रतिबद्धता व्यक्त गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार